अर्थखबर फटाफट

आउनै छाड्यो सवारी साधनको माग

Thrill Factory
Rungta Group

काठमाडौं-कोरोना महामारीका कारण आर्थिक गतिबिधिहरु सुस्त भएसँगै नयाँ सवारी साधनको माग आउन छोडेको व्यवसायीहरुले बताएका छन् । नयाँ सवारीको माग नआएपछि यो व्यवसाय प्रभावित भएको भनाइ व्यवसायीहरुको छ ।

व्यवसायीहरूका अनुसार शोरूममा सवारीसाधनका बारेमा बुझ्न आउने ग्राहकसमेत छैनन् । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नेपाल नाडा अटोमोबाइल व्यवसायी संघका सचिव अनुपकुमार बरालले केही दिनयता सवारीसाधनबारे बुझ्न आउनेको संख्या सामान्य देखिन थाले पनि बजार चलायमान हुन नसकेको बताए ।

‘केही दिनयता माग घटेको छ । बन्दाबन्दी खुलेपछि अघिल्लो वर्ष साउनयता बढ्दै गएको सवारीसाधनको माग गतवर्ष माघमा उच्च रहे पनि भारतमा सवारीसाधनको उत्पादन नै कम हुँदा आयात गर्न कठिन भएको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरूले मागअनुसार सवारीको आयात गर्न सकेनन् । त्यसैले गतवर्ष माघदेखि गत वैशाखको निषेधाज्ञा हुनुअघिसम्म व्यवसायीहरूले सवारीको अग्रिम बुकिङ थालेका थिए । तर, यसपालि निषेधाज्ञा खुकुलो हुँदै गए पनि सवारीसाधनको माग भने बढेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button