No Image Headlineखबर फटाफटदेश

कक्षा १२ को परीक्षा साउन ३१ देखि

Thrill Factory
Rungta Group

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको बोर्डको बैठकले विद्यार्थीहरू पढेकै विद्यालयमा परीक्षा सञ्चालन हुने निर्णयसमेत गरेको छ ।

परीक्षा भदौ ९ गतेसम्म चल्ने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाए ।

कोभिड-१९ महामारीले गर्दा जेठ अन्तिममा गर्ने भनिएको कक्षा १२ को परीक्षा दुई महिनापछि हुन लागेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button