अर्थखबर फटाफटप्रदेश

वीउवासङ्घद्वारा समिति विस्तार

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समितिहरु विस्तार गरेका छन् । विस्तारित समितिमा खुद्रा व्यवसाय समिति, शिक्षा समिति र कर तथा राजस्व समिति रहेका छन् ।
खुद्रा व्यवसाय समितिको संयोजकमा प्रेमचन्द्र गोयल र सह–संयोजकमा मनोजकुमार शर्मा र अवधेश सरावगी, शिक्षा समितिको संयोजकमा प्रदीपकुमार केडिया तथा कर तथा राजस्व समितिमा शिवजी प्रसाद साह मनोनयन भएका छन् ।
कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले यहाँहरुले समितिहरुको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास लिएको बताउनुभयो । साथै विस्तार समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताउनु भयो ।
समितिका संयोजकहरुले आपूmहरु माथि विश्वास गरी समितिको संयोजक तथा सह–संयोजकमा मनोनयन गर्नुभएकोमा आभार प्रकट गर्दै आ–आफ्नो समितिको काम कारवाही भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने आश्वासन दिनुभयो ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–सचिव सुशान्त चाचान, का.स.स. सुरेश रुँगटाको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button