खबर फटाफटदेशप्रदेश

तस्विर बोल्छ : राजमार्गमा ट्राफिक प्रहरीको सक्रियता

Thrill Factory
Rungta Group

प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका ट्राफिक प्रहरी यात्रुवाहक बसमा यात्रुले बढी भाडा तिरेनतिरेकोबारे चेकजाँच गर्दै । कोरोना महामारीका बेला सवारी साधन कम चलेको मौका छोपेर केही सवारी सञ्चालकहरूले यात्रुसँग तोकिएभन्दा बढी भाडा असुलेको पाइएपछि ट्राफिक प्रहरीले राजमार्गमा चेकजाँच तीव्र पारेको छ । प्रदेश नं. २ का ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठका अनुसार ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई जरीवाना तिराएर यात्रुसँग लिएको बढी भाडा फिर्ता गराउँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button