देशप्रदेशस्वास्थ्य/जिवनशैली

वीरगञ्जमा पहिलो पटक कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न

वीरगञ्ज-वीरगञ्जमा पहिलो पटक कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न भएको छ । वीरगञ्ज साइक्लिङ क्लब र नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ)को संयुक्त आयोजनामा यो कार्यक्रम भएको हो ।

विश्वव्यापी रुपमा कोरोना महामारी फैलिइरहेको बेला स्वास्थ्य सकतर्कता र सुरक्षालाई ध्यानमा राखेर २५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको वीरगञ्ज साइक्लिङ क्लबका अध्य्क्ष संजय अग्रवालले बताए । कोभिड संक्रमणको जोखिमका कारण साइकल यात्राको दुरी भने सानो राखिएको आयोजकले बताएका छन् ।

वीरगञ्जको घण्टाघरबाट चिनीमिल आवास क्षेत्र हुँदै बाइपास निस्किएर भानुचोक रजतजयन्तिचोक हुँदै घण्टाघरमा यात्रा टुंगिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए ।

यात्रामा प्रदेश न २ का ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी उपरिक्षक हिमालय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की, सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बम, व्यवस्थित वीरगञ्जका दिलीपराज कार्की, संदीप बनर्जी, संदीप अग्रवाल, आनंद चौधरी , हृतिक अग्रवाल, अक्षत चमरिया, बिनीत गोयल, नेहा अग्रवाल, हेमा अग्रवाल, नैंसी अग्रवाल, शालिनी अग्रवाल, सिमरन अग्रवाल, तमन्ना अग्रवाललगायत सहभागी थिए ।

एनवाईईएफका अध्यक्ष अग्रवालका अनुसार कोरा भनेको घडीको सुईको दिशामा बनाउने परिक्रमा हो। नेपाल घुम्न आएका एक जर्मन नागरिकले काठमाडौँमा २०१० जुलाईको तेश्रो शनिबार साइकलमा एक परिक्रमा लगाएर त्यो साइकल यात्रालाई कोरा भनेका थिए। त्यसपछि नेपालका विभिन्न स्थानमा यो यात्रा सुरु गरिएको हो।

 

 

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button