No Image Headlineअर्थ

सुख्खा बन्दरगाहबाट छुट्न थाल्यो केराउ

Thrill Factory
Rungta Group

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएका केराउ बोकेका कन्टेनर छुट्न थालेका छन् । अमेरिका र क्यानडाबाट आयात भएर बन्दरगाहमा रोकिएका कन्टनेरहरू सोमबारदेखि जाँचपास हुन थालेका हुन् ।

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सूचना देखाएर बन्दरगाह भन्सारले साउन १ देखि जाँचपास रोकेको थियो । वाणिज्यले भन्सार विभागलाई पत्र लेखेर असार ३१ गतेसम्म सिपमेन्ट भइसकेको कन्साइनमेन्ट भित्र्याउन दिन भनेपछि भन्सारले जाँचपास गरेको छ ।

भन्सार विभागले भन्सार कार्यालयहरूलाई सोमबार पत्र लेखेर असार मसान्तसम्म सिपमेन्ट भइसकेको केराउ, सुपारी, छोकडा र मरीचको कन्सान्मेन्टको जाँचपास गर्न निर्देशन दिएको हो । बन्दरगाहमा रोकिएका १ सय कन्टेनरमध्ये सोमबार २ कन्साइन्मेन्ट जाँचपास भएको भन्सारका सूचना अधिकृत चूडामणि शर्मा कट्टेलले जानकारी दिए ।‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको यसअघिको सूचनाले अन्योल भएको थियो ।

विभागले स्पष्ट पारेपछि अब यस्ता वस्तु आयातकर्ताले भिœयाउन पाउने भएका छन्,’ कट्टेलले भने । सरकारले गत आर्थिक वर्षमा केराउको ८० हजार मेट्रिक टन कोटा दिएकोमा त्यसको आधाजति भित्रिएको र बाँकी अहिले पनि बाटोमै रहेको आयातकर्ताले बताएका छन् । सिपमेन्ट भइसकेको मालसामान आउन ६ महीनासम्म लाग्ने विभागको पत्रमा उल्लेख छ ।

गत असार महीनाभित्र सिपमेन्ट भइसकेको केराउ, सुपारी, छोकडा र मरीच चालू आर्थिक वर्ष २०७८/७९ मा पनि जाँचपास गर्न विभाग पत्रचार गरेको छ । यस्तो आयातको भुक्तानी प्रक्रियामा सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई पनि विभागले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button