अर्थखबर फटाफटप्रदेश

वीरगञ्ज भन्सारले उठायो रू. १ खर्ब ७० अर्ब

Thrill Factory
Rungta Group

वीरगञ्ज भन्सारले गत आवमा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार खस्किएर राजस्व घट्ने अनुमान गरिए पनि भन्सारले वर्षको अन्त्यमा लक्ष्य करीब पूरा गरेको हो ।

गत आवको साउनदेखि असारसम्म उठेको राजस्व लक्ष्यको ९९ दशमलव ६ प्रतिशत भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । ‘संकलित रकम तोकिएको लक्ष्यभन्दा ७१ करोड रुपैयाँले कम हो । वीरगञ्ज भन्सारलाई गत आवका लागि १ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो,’ पौडेलले भने ।

कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखको मध्यबाट विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएपछि आयात घट्ने अनुमान गरिएको थियो । वैदेशिक व्यापारमा निषेधाज्ञाको खासै प्रभाव नदेखिएपछि राजस्व लक्ष्य पूरा भएको हो ।

वर्षको अन्तिम महीना असारमा भन्सारले लक्ष्यभन्दा बढी राजस्व उठाएको छ । १५ अर्ब २४ करोड रुपैयाँ उठाउने भनिएकोमा १६ अर्ब ६ करोड रुपैयाँ संकलन भएको भन्सारको तथ्यांकले देखाउँछ । यो रकम लक्ष्यभन्दा ५ प्रतिशत बढी हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button