No Image Headlineअर्थमुख्य खबरविशेष

वीरगञ्ज नाका : वैदेशिक व्यापारमा सवारीसाधन र इन्धन आयातको वर्चस्व

Thrill Factory
Rungta Group

वीरगञ्ज । वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापारमा सवारीसाधन र इन्धनको मुख्य अंश देखिएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आर्थिक वर्ष (आव) २०७७/७८ मा सवारीसाधन र इन्धन मुख्य परिमाणमा भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ ।

वीरगञ्जबाट आयात हुने र राजस्वमा मुख्य योगदान वस्तुमा सवारी साधन र इन्धन नै मुख्य रहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘वीरगञ्ज भन्सारबाट भित्रिने मुख्य वस्तु सवारीका साधन र पेट्रोलियम पदार्थ मुख्य हुन् । बितेको आर्थिक वर्षमा पनि आयातको मुख्य सूचीमा यिनै वस्तु परेका छन्,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने । गत आवमा यो नाकाबाट जीपकार भ्यान, मोटरसाइकल, ट्रक, मिनी ट्रकलगायत सवारीसाधन, इन्धन बढी भित्रिएको छ । वीरगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थ पनि उल्लेख्य परिमाणमा भित्रिन्छ ।

बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले यही नाकाबाट कच्चा पादर्थ भित्र्याउने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघ उद्योग समितिका संयोजक हरि गौतम बताउँछन् । एमएस बिलेट, कोइला, एमएस स्टील स्ट्रीप, पोलिथिन दाना, खाद्यान्न तथा दाना उद्योगको कच्चा पदार्थ आयात हुन्छ ।

पंखा, अप्टिकल फाइबर केबुल, मोटरको ब्याट्री, गाडीका पार्टपुर्जा र एलोपेथिक औषधि पनि भित्रिएको देखिन्छ । निर्याततर्पm भटमासको तेल, जुस, कपडा, जुत्तालगायत उत्पादन गएको भन्सारको तथ्यांकले देखाउँछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button