अर्थखबर फटाफटप्रदेश

बार एसोसिएशनद्वारा वीउवासंघका पदाधिकारीलाई सम्मान

Thrill Factory
Rungta Group

वीरगञ्ज-पर्सा जिल्ला अदालत बार एशोसिएशनले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सोमबार एक समारोहबीच सम्मान गरेको छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले दुई संस्था बीचको संस्थागत सम्बन्ध सुदृढ हुनु पर्नेमा जोड दिए । उनले सार्वजनिक हितको विषयमा एकजुट भई विधिको शासन कायम गर्नमा सामूहिक सहकार्यको खाँचो रहेको बताए ।

पर्सा जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष ओमप्रकाश गुप्ताले वीउवासङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै आपसी सहकार्यबाट सामाजिक, आर्थिक लगायतका विषयमा अघि बढ्नुपर्ने बताए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले गरेको कार्यक्रममा उपाध्यक्ष हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सहसचिव अनोज रुंगटा, पर्सा जिल्ला अदालत बार एशोसिएशनका सचिव राकेशकुमार मल्लिक, कोषाध्यक्ष सुनिलकुमार यादव र सदस्य जितेन्द्र साहलगायतको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button