No Image Headlineअर्थप्रदेशमुख्य खबर

रक्सौल रेल स्टेशनको भौतिक पूर्वाधार सुधार्न वीरगञ्जका व्यवसायीको पहल

Thrill Factory
Rungta Group

वीरगञ्ज -वीरगञ्जका उद्यमी व्यवसायीले भारतीय सीमावर्ती रक्सौल रेल्वे स्टेशनको पूर्वाधार सुधारको आवश्यकता औंल्याएका छन् ।

संघका पदाधिकारी र रेल्वे स्टेशनका अधिकारीहरू बीच सोमवार वीरगञ्जमा भएको अन्तरक्रियामा रक्सौल रेल स्टेशनलाई सहज भौतिक पूर्वाधारयुक्त बनाइनुपर्ने बताइएको हो ।

संघका अध्यक्ष सुबोधकुमार गुप्ताले रेल्वे स्टेशनभित्र व्यवस्थित पार्किङ्ग, क्यान्टिनको व्यवस्था, रेल्वे क्रसिङ्गमा ओभरब्रिज निर्माणलगायतका सुधारका काम हुनुपर्ने बताए । ती पूर्वाधारको व्यस्थापनमा पहल गर्न भारतीय अधिकारीहरूलाई अध्यक्ष गुप्ताले आग्रह गरे ।

रक्सौल रेल्वे क्रसिङ्गमा मोटरसाइकल र पैदलयात्रीको लागि ओभरब्रिज निर्माणको प्रक्रिया अगाडि बढिसकेको रेल्वे स्टेशनका स्टेशन मास्टर अनिलकुमार सिंहले बताए । ठूला सवारी साधनको लागि भने सरोकारका निकायमा पहल गरिने उनले बताए ।

रेल्वे स्टेशनमा सहज रुपमा टिकट उपलब्ध गराउन स्वचालित उपकरण राख्न लागिएको पनि सिंहले जानकारी दिए । स्टेशनभित्रको भौतिक पूर्वाधारलाई सुधार्दै जाने, व्यवस्थित क्यान्टिन र पार्किङ्गको व्यवस्थाको लागि पहल गर्ने आश्वासन उनले दिए ।

संघका कोषाध्यक्ष गोविन्द शाहले रक्सौलबाट भारतका मुख्य शहर जोड्ने सिधा रेल्वे सेवा नभएको गुनासो गरे । नजिकका ठूला स्टेशनबाट जानु पर्दा समय र खर्च बढी लाग्ने गरेकोले यस्ता रक्सौलबाटै भारतका ठूला शहरहरूका लागि सिधा रेल सेवा सञ्चालनको माग उनले गरे ।

संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सहसचिव अनोज रुँगटालगायतले वीरगञ्ज र रक्सौल व्यापारिक महत्वको नाका भएकाले रेलवे सेवालाई प्रविधियुक्त र सेवाग्राहीमैत्री बनाइनुपर्नेमा जोड दिए । आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button