अर्थ

सन नेपाल लाईफको आईपीओ आउँदै

Thrill Factory
Rungta Group

काठमाडौं -सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे सभा बोलाईएको हो । नयाँ बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

साथै आर्थिक वर्ष ०७५र७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र आर्थिक वर्ष ०७६र७७ को लागि वर्तमान लेखापरीक्षक हरिमणि आचार्यलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक नियुक्तिको विषय पनि अनुमोदन गर्नेछ ।

कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको शेयर लगतको आधारमा शेयरधनीहरुको रेकर्ड कायम गरी सभाहलमा उपस्थित गराउने जानकारी कम्पनीले दिएको छ । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button