अन्तराष्ट्रिय

बाढीले घर भत्काउँदा मुम्बईमा २५ जनाको मृत्यु

Thrill Factory
Rungta Group

एजेन्सी- भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीले ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । बाढीले रेल सेवालगायतका यातायात सेवासमेत अवरुद्ध हुँदा हजारौँ मानिस अलपत्र परेका छन् ।

बाढीले भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो ।

मुम्बईको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे घटना भएको हो । घटनामा अरु सात जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button