
काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ । मौसम बदली भएसँगै देशका विभिन्न स्थानमा स्थानमा वर्षा जारी छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


मनसुनको सक्रिय भएकाले बुधबारसम्म विभिन्न भू-भागमा ‘भारी’ तथा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश१, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।