अर्थप्रदेश

आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन लक्ष्यभन्दा बढी

Thrill Factory
Rungta Group

विराटनगर – मोरङका करदाताले कर बुझाउन संकटको समयमा समेत उत्साहजनक सहभागिता देखाएका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०७७/२०७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

गत आवका लागि ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा ८ अर्ब ९३ करोड ३७ लाख ७६ हजार अर्थात् समग्रमा १०१ प्रतिशत असुली भएको हो । कोरोना संक्रमणको सन्त्रासका कारण गत वर्ष पनि अघिल्लो वर्षमा झैं अन्तःशुल्क असुली भने प्रभावित भएको छ । अन्तःशुल्कतर्फ ६४ प्रतिशत अर्थात् ४ अर्ब ५१ करोड ३७ लाख ४ हजारको लक्ष्यमा २ अर्ब ८७ करोड २८ लाख ५० हजार रुपैया मात्रै संकलन भएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटाले अन्तःशुल्कतर्फ न्यून असुली भए पनि आयकरतर्फ २ अर्ब ७१ करोड १२ लाख ३० हजारको लक्ष्यमा ३ अर्ब ५२ करोढ १९ लाख १४ हजार र मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ६१ करोड ९६ लाख ८८ हजारको लक्ष्यमा २ अर्ब ५३ करोड ९० लाख १२ हजार रुपैयाँ असुली भएको जानकारी दिए । यस्तै आयकरतर्फ १३० प्रतिशत र भ्याटतर्फ १५७ प्रतिशत असुली भएको बताइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा लक्ष्यको ६९ प्रतिशत मात्रै असुली भएको थियो । अघिल्लो आर्थिक वर्षका लागि १० अर्ब १२ करोड ५९ लाख २ हजार लक्ष्य निर्धारण गरिएकोमा ६ अर्ब ९५ करोड ७९ लाख ७४ हजार मात्रै असुली भएको थियो ।अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button