No Image Headlineअर्थप्रदेश

जनकपुर–जयनगर रेलवेको ट्र्याक परीक्षण सफल

Thrill Factory
Rungta Group

काठमाडौं -३५ किलोमीटर लामो जनकपुर–जयनगरको रेलवे ट्र्याक तथा गति (स्पीड) परीक्षण सफल भएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रको उक्त रूटमा रेल सञ्चालनका लागि आइतवार गरिएको रेलवे ट्र्याकको संरचनाका साथै स्पीड परीक्षण सफल भएसँगै नेपालले गत असोज २ गते खरीद गरी पार्किङमा राखेका दुईओटा रेल सञ्चालनका लागि बाटो खुलेको छ । यद्यपि नियमित रूपमा ती रेल कहिले सञ्चालन हुन्छन् भन्ने विषय भने यकिन भइसकेको छैन ।

अन्तरदेशीय रेलमार्ग सञ्चालनका लागि नेपाल रेलवे कम्पनीले आइतवार भारतको रेल ल्याएर ट्र्याक परीक्षण गरेको हो । कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भारतको विहारस्थित जयनगर स्टेशनदेखि नेपालको जनकपुर कुर्था स्टेशनसम्म परीक्षणका लागि सञ्चालन गरिएको रेल २३ मिनेटमा आइपुगेको जानकारी दिए ।

जयनगरबाट नेपालकोे रूटमा आउँदा लगभग प्रतिघण्टा ६० किलोमीटर (किमी)को गति रहेको भन्दै उनले जनकपुरको कुर्था स्टेशनबाट फर्किंदा भने प्रतिघण्टा ११५ किमीको गति रहेको जानकारी दिए ।अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button