
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।
देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र थप काम गर्ने बताए । देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।

