खबर फटाफटप्रदेश

वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा समिति विस्तार

वीरगञ्ज-वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समितिहरु विस्तार गरेको छ । विस्तारित समितिमा प्रर्दशनी महोत्सव समिति, बैंक तथा वित्त समिति र होटल तथा पर्यटन समिति रहेका छन् ।

प्रर्दशनी महोत्सव समितिको संयोजकमा गोविन्दप्रसाद शाह र सहसंयोजकमा मनोजकुमार शर्मा, बैंक तथा वित्त समितिको संयोजकमा आशीष लाठ र होटल तथा पर्यटन समितिको संयोजकमा अनोज रुँगटा मनोनयन भएका छन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले यहाँहरुले समितिहरुको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास व्यक्त गरे । विस्तारित समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने गुप्ताको भनाइ थियो ।

समितिका संयोजकहरुले आपूmहरु माथि विश्वास गरी समितिको संयोजक तथा सह–संयोजकमा मनोनयन गरिएकोमा आभार प्रकट गर्दै आआफ्नो समितिको कामकारवाही आपूmहरुले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपालको पनि उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button