No Image Headlineखबर फटाफटदेश

भीम रावलले सांसद पदबाट दिए राजीनामा, यस्तो छ कारण

Thrill Factory
Rungta Group

काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले भने ।

नेकपा एमालेको एकता जोगाउन कार्यदलमार्फत् जुटाएको दशबुँदे सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपाल असहमत भएपछि उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य दिएका छन् ।

कार्यदलमा रहेका नेताहरुले नेता नेपालको निवास कोटेश्वर पुगेर दश बुँदे सहमतिमा उभिएर एकता जोगाउन आग्रह गरेका थिए । तर माधव नेपाल सहमत भएनन् । ‘उहाँ (माधव नेपाल)ले कुनै प्रतिक्रिया दिनुभएन, तर हामीले एकता जोगाउन दश बुँदेकै जगमा अगाडि बढ्नुपर्छ भन्यौं’, एमाले सचिव गोकर्ण विष्टले भने ।

आफूहरुले गरेको सहमति स्वीकार गर्न माधव नेपाल तयार नभएपछि रावलले राजीनामा दिने बताएका थिए । रावलको राजीनामा रोक्न माधव समूहका नेताहरु लागिपरे । उपाध्यक्ष रावल संसद् सचिवालयमा राजीनामा बुझाउन जाने भएपछि त्यसअगाडि नै नेताहरु राजीनामा रोक्न पुगेका थिए ।

त्यहाँ उपाध्यक्ष रावलले बुझाएको राजीनामा पत्र सांसद झपट रावलले थुतेर लगेका थिए । ‘त्यहाँ त राजीनामा दिन हामीले रोक्यौं, तर उहाँ रोकिनु भएन’, एक नेताले भने ।

संसद् सचिवालयबाट निस्किएर सभामुखलाई राजीनामा बुझाउन जाने क्रममा पत्रकारहरुसँग रावलले राजीनामा घोषणा गरे । राजीनामा पत्र पढ्ने क्रममा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए । तर रावल सहमत भएनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button