No Image Headlineअर्थखबर फटाफटमुख्य खबर

सुक्खा बन्दरगाह भन्सारले किन रोक्यो १०० कन्टेनर केराउ ?

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्जको सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले १०० कन्टेनर केराउ जाँचपास नगरी रोकेर राखेको छ।

कार्यालयले भन्सार विभागको पत्र नभई केराउ छाड्न नसकिने भन्दै क्यानडा र अमेरिकाबाट आयात गरिएको डेढ अर्ब रुपैयाँ बराबरको केराउ जाँचपास नगरेको हो।

कार्यालयका सूचना अधिकृत चुडामणि कट्टेलले असार महिनामै आइपुगेका १०० कन्टेनर केराउ जाँचपास हुन नसकेको पुष्टि गरे। भन्सार विभागले केराउ छाड्नू भनेर परिपत्र नगरेसम्म छाड्न नसकिने उनले बताए।

ुवाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत जेठ २४ र असार २८ गते जारी गरेका २ पत्रका आधारमा केराउको जाँचपास हुन नसकेको कट्टेलको भनाइ छ । यस विषयमा हामी विभागको क्लियरेन्स र परिपत्र पर्खिरहेका छौं, उनले ९० का अतिरिक्त अझै ६० कन्टेनर केराउ बाटामै रोकिएको र विभागको परिपत्र नआएसम्म छाड्न नसकिने अडान व्यक्त गरे।

विभागले गत जेठ २८ गते आयाकर्तालाई सम्बोधन गरी पठाएको पत्रमा आर्थिक वर्ष २०७७र७८ मा पैठारी गर्न इजाजत प्राप्त गरेका फर्म, कम्पनी तथा उद्योगले ‘हालसम्म आयात गरिसकेको वा एलसी लगायतका अन्य भुक्तानीका माध्यम प्रयोग गरी भुक्तानी हुने गरी आयातको प्रक्रियामा रहेको भए सोको जानकारी २०७८ असार ३१ गते कार्यालय समयभित्र यस विभागको निकासी पैठारी इजाजत तथा सहजीकरण शाखामा गराउन भनिएको थियो ।

अन्यथा यस आर्थिक वर्षका लागि जारी भएका इजाजत पत्र रद्द हुने पत्रमा लेखिएको छ। त्यस्तै जेठ २४ गते कोटा प्राप्त फर्म र कम्पनीका नाममा विभागले पठाएको पत्रमा २०७८ असार मसान्तभित्र भन्सार पास हुन नसक्नेका हकमभा असार मसान्तभित्र सिपमेन्ट भई जहाज सेल भइसकेको कागजात पेश गर्नुपर्ने अन्यथा कोटा स्वतः बदर हुने स्पष्ट पारिएको छ।

सरकारले गत आर्थिक वर्षमा ८० हजार टन केराउ आयात गर्ने इजाजत दिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button