No Image Headlineखबर फटाफटप्रदेश

बढी भाडा असुल्ने ७ ओटा बस ट्राफिक प्रहरीको कारवाहीमा

बढी भाडा यात्रुलाई फिर्ता गराइयो, बसलाई जरीवाना

Thrill Factory
Rungta Group

बारा (पथलैया)-तोकिएको दरभन्दा बढी भाडा लिएर यात्रु ओसार्ने ७ ओटा बसलाई २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारवाही गरेको छ ।

बाराको पथलैयामा शनिबार भाडादर कार्यान्वयनको चेकजाँच गर्दा बढी भाडा लिएको भेटिएपछि यात्रुलाई भाडा फिर्ता गराइएको हो ।बढी भाडा असुल्ने सवारी साधनलाई ५ हजार रुपैयाका दरले जरीवाना पनि तिराइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

जनकपुर, सर्लाही, गौर, बाराका विभिन्न स्थानबाट काठमाडौं र पोखरा यात्रु लिएर हिँडेका बसले तोकिएको भाडादरभन्दा ३ सयदेखि १ हजार रुपैयाँसम्म बढी भाडा लिएको भेटिएको जैसवारले बताए । बा.प्र.००१ ख ०१९०, ना ७ ख २७९०, ग १ ख ८९६९, ना ६ ख ५०६७, ना ८ ख ४१३, ना ६ ख ६९६३ र ना ७ ख ११११ नम्बरका बस कारवाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ ।

ती बसका कुल १८३ यात्रुबाट १ लाख २४ हजार २ सय रुपैयाँ बढी भाडा लिएको पाइएकाले बढी भाडा फिर्ता गराइएको ट्राफिकले बताएको छ । यात्रुसँग बढी भाडा असुल्ने प्रत्येक बसलाई ५ हजार रुपैयाँका दरले जरीवाना तिराइएको सूचना अधिकृत जैसवारले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button