खबर फटाफटदेश

१ हजार ८७५ संक्रमित थपिए, २१ जनाको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं । नेपालमा थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ८७५ जनाको नतिजा पोजिटिभ आएको हो । ६ हजार ८५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ३१० र तीन हजार २०८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २१ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ५२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button