No Image Headlineदेशमुख्य खबर

सरकारको ध्यान खोपमा: १८ वर्षमाथिका सबैलाई दिने तयारी

साउन दोस्रो साताभित्र ३२ लाख भेरोसेल खोप भित्र्याइने

Thrill Factory
Rungta Group

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ ।

त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ । सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो ।

त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । उनका अनुसार कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना पनि सरकारले बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button