स्वास्थ्य/जिवनशैली

तामाका भाँडामा राखिएको पानी पिउनुका यस्ता छन् फाइदा

परापूर्वकालदेखि घरेलु भाँडाकुँडाको रूपमा प्रयोग गरिँदै आएको तामाका भाँडाहरु उपयोग गर्दा स्वस्थ्यमा राम्रो असर पर्ने तथ्य त सुन्दै आएका थियौँ तर यो परम्परागत तथ्यले अब वैज्ञानिक मान्यता पनि पाउँदै गएको छ ।

Patanjali Nepal
SweetMart Nepal

हालसालै अमेरिकामा गरिएको अनुसन्धानले तामाका भाँडाकुँडामा खानेकुरालाई दूषित गरी विषाक्त बनाउने जीवाणुहरुलाई मार्न सक्ने अध्भूत क्षमता रहेको तथ्य पत्ता लागेको  छ ।

परीक्षणमा स्टीलका भाँडाहरुमा १ महिनासम्म जीवित रहने  “ई-कोली” नामक जीवाणु तामाका भाँडाकुँडाहरुमा चार घण्टा भन्दा ज्यादा बाँच्न नसक्ने तथ्य फेला परेको छ ।

त्यसैगरी बेलायतको बर्मिघम शहरको एउटा अस्पतालमा गरिएको अनुसन्धानले पनि यो तथ्यलाई पुष्टि गरेको छ ।  अस्पतालमा गरिएको शोधमा परम्परागत ट्वाइलेटमा प्रयोग भएका शिट, धारा, हैण्डल, पुश-प्लेटलाई हटाएर तामाका सामग्रीहरु प्रयोग गर्दा परम्परागत शौचालय को तुलनामा तामाका सामग्री जोडिएको सतहमा जीवाणुहरुको संख्या ९० देखि १०० प्रतिशत कम पाइएको थियो ।

वैज्ञानिकहरूका अनुसार तामा धेरै उपयोगी धातु हो । तामाको भाँडामा  राखेको पानी पिउनाले छालामा  निखार आउँछ ।  त्यसैगरी पेट तथा उदर रोगमा पनि विशेष फाइदा  पुग्दैछ ।  पेटका  कृमिहरु नाश गर्दछ ।

अपच, अजिर्ण, भोक नलाग्ने, ग्यास, बायु गोला, कब्जियतमा पनि विशेष फाइदा पुर्‍याउँछ । यसैगरी डन्डिफोर, घमौरा, लुतो, पिलो, घाउ, खटिरा आइरहने अवस्थामा पनि तामाको भाँडामा राखेको पानीले फाइदा पुर्‍याउँछ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button