खबर फटाफटदेशप्रदेश

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुने

Thrill Factory
Rungta Group

जनकपुरधाम-प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी हुने भएको छ। नेकपा संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा सरकार सहभागी हुन लागेको हो।

जनता समाजवादी पार्टी र नेपाली कांग्रेसको संयुक्त सरकारमा माओवादी केन्द्र साहभागी हुने भएको हो। भरतप्रसाद साहको नेतृत्वमा रुबी कर्णसहित एक मन्त्री र एक राज्यमन्त्रीको शनिवार दिउँसो तीन बजे शपथ हुने भएको छ।

कांग्रेस र माओवादीसँग सत्ता सहकार्यका लागि सरकार तर्फबाट गठित वार्ता समितिका सदस्य भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले माओवादी केन्द्र सरकारमा सहभागी हुने बताए । सुरुमा माओवादीले दुई मन्त्रालय र दुई राज्यमन्त्री दिनुपर्ने अडान राखे पनि पछिल्लो समय शक्तिशाली मन्त्रालय र लिएर सहभागी हुन लागेको हो।

जनता समाजवादी पार्टी (जसपा)को सरकार रहेको प्रदेशमा जसपाभित्रको पूर्व समाजवादीले पूर्व राजपाका मन्त्रीलाई पदमुक्त गरी कांग्रेसलाई यसअघि नै सरकारमा ल्याइसकेको छ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा बनेका छन्। कांग्रेस र माओवादीलाई सरकारमा ल्याउनका लागि ६ मन्त्रालयय बढाएर १० मन्त्रालय बनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button