खबर फटाफटप्रदेश

सात जुवाडे पर्सा प्रहरीको फन्दामा

वीरगंज -जुवा खेलिरहेको अवस्थामा पर्सा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ स्थित मेडिकल कलेज छेउको निर्माणाधीन भवनको माथिल्लो तल्लामा जुवा खेलिरहेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर ६ का श्यामबाबु सोनार, वीरगंज-१५ बस्ने सुनिल सर्राफ, वीरगंज-३ का अली असगर अन्सारी, वीरगंज-१६ का भगवानप्रसाद महतो, बाराको महागढीमाई-१० का धिरेन्द्रप्रसाद जैसवाल, रौतहटको गौर-१ का रमेश चौधरी र भारतको बिहारका रामबाबुप्रसाद सोनार रहेका छन्।

प्रहरीका अनुसार उनीहरुको साथबाट १ लाख ५८ हजार रुपैयाँ नगद र १० बुक ताससमेत बरामद भएको छ। उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button