
सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई व्यक्ति बिहीबार समातिएका छन् ।


सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई व्यक्ति बिहीबार समातिएका छन् ।
नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवा निवासी देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव छन् । शिबनन्दन भने भारतीय नागरिक रहेको र यस बिषयमा थप अनुसन्धान भइरहेको आचार्यले बताए ।
शिबनन्दन आफ्नो छोरा भएको भन्दै देबनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै बिहीबार जिल्ला प्रशासन कार्यालय आएका थिए । त्यहीं बेला वडाबाट कसैले फोन गरेर यी दुबै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएका थिए ।