खबर फटाफटप्रदेश

उपत्यकामा निषेधाज्ञा १० दिन थप

Thrill Factory
Rungta Group

काठमाडौं -काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप भएको छ । निषेधाज्ञा थप गर्दा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पसल खोल्ने समय एक घण्टा थप गरेको छ ।

असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button