अर्थखबर फटाफट

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ५ लाख ८० हजार जनाले पाए १० कित्ता

Thrill Factory
Rungta Group

काठमाडौं – यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँटफाँट आज (बिहीवार) सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज नै प्रि-अलोटमेण्ट सम्पन्न गरी आजै प्रभु क्यापिटलमा ५ बजे बाँडफाँट सम्पन्न भएको हो ।

योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी १५ लाख २७ हजार ७९९ जनाको हात खाली भएको छ ।

कम्पनीको आईपीओमा ६९ हजार ९७६ जनाको आवेदन रद्ध भएको विक्री प्रबन्धकले जानकारी गराएको छ । जसमध्ये दोहोरो आवेदन दिएका ४ हजार ८०१ जनाको आवेदन रद्ध भएको छ भने बाँकी बैंकमा पर्याप्त पैसा नभएकाले रद्ध भएको हो ।

कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५०० सामुहिक लगानीकोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेको हो । जसमध्ये २१ लाख १२ हजार ७९९ योग्य आवेदन थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button