अर्थखबर फटाफट

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजै बाँडफाँट हुने

Thrill Factory
Rungta Group

काठमाडौं-यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज (बिहीवार) बाँटफाँट हुने भएको छ ।

प्रभु क्यापिटलका अनुसार आज साँझ आईपीओको बाँडफाँट हुने जानकारी गराएको हो । आईपीओको प्रि अलोटमेण्ट आजै सम्पन्न भएको हो ।

धितोपत्र बोर्डले आजै अनुमति दिएकाले बाँडफाँट गर्न लागेको जानकारी विक्री प्रबन्धकले जानकारी गराएको हो । कम्पनीले असार २४ गतेदेखि २८ गते सम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन विक्री खुला गरेको थियो ।

जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि ३ लाख २२ हजार ५ सय सामुहिक लगानीकोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा २१ लाख ५० हजार ४७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ताका लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ५ दशमलव ८५ गुणा बढी आवेदन परेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button