खबर फटाफटप्रदेश

अशोकुमार टेमानी ग्रेटर वीरगञ्जको संयोजक

Thrill Factory
Rungta Group

वीरगञ्ज–वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सङ्घको प्रचलित विधान बमोजिम थप समिति विस्तार भएको छ । सङ्घ अन्तर्गत गठित ग्रेटर वीरगञ्ज समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोककुमार टेमानीलाई मनोनयन गरेको छ ।
समिति विस्तार कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घद्वारा अघि सारिएको ग्रेटर वीरगञ्ज अवधारणा बारे पूर्व अध्यक्ष टेमानी जानकार रहेकोले उक्त समितिको संयोजकमा उहाँको मनोनयनले अवधारणालाई पूरा गराउन सहज हुने बताए । ग्रेटर वीरगञ्ज समितिको संयोजकमा उहाँको मनोनयनले सङ्घको समग्र उद्देश्य पूरा गर्नमा सहजता आउने विश्वास लिएको बताए ।
ग्रेटर वीरगञ्ज समितिका संयोजक टेमानीले ग्रेटर वीरगञ्जको अवधारणालाई मूर्त रुप प्रदान गर्नको लागि स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा समेत निरन्तर संवाद र सहकार्य हुँदै आएको बताउँदै ग्रेटर वीरगञ्जको अवधारणा आफ्नो अध्यक्षीय कार्यकालमा शुरुवात भएकोले यसलाई घनिभूत रुपले अघि बढाउने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा सङ्घका उपाध्यक्ष हरि गौतम र महासचिव मनोजकुमार दासको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button