अर्थ

ट्रंक लाइन विवाद: बुटवल क्षेत्रका उध्योगको अर्बौं बक्यौता

Thrill Factory
Rungta Group

बुटवल- रूपन्देहीका उद्योगीले ट्रंक लाइनको छुटको माग राख्दै लामो समयदेखि विद्युत् महसुल तिरेका छैनन्। लामो समयदेखि विद्युत् महसुल नतिरेका कारण एउटै उद्योगले सवा अर्बभन्दा बढी महसुल तिर्न बाँकी छ।

सामान्यतया नेपाल विद्युत् प्राधिकरणले दुई महिनासम्म महसुल  नतिर्ने ग्राहकको लाइन काट्ने गर्छ। महसुल नतिर्ने सर्वसाधारणको लाइन काटिए पनि प्राधिकरणले अर्बौं बक्यौता नतिर्ने उद्योगीलाई भने कारबाहीबाट जोगाएको छ। प्राधिकरणका अनुसार रूपन्देहीको लुम्बिनी कोरिडरस्थित अर्घाखाँची सिमेन्ट उद्योगले १ अर्ब ११ करोड विद्युत्महसुलबापतको बक्यौता तिर्न बाँकी छ। जगदम्बा सिन्थेटिक्सको ४२ करोड ९८ लाख ८६ हजार विद्युत् महसुल तिरेको छैन। रूपन्देहीकै पञ्चकन्या स्टिल प्रालिको ९ करोड ९७ लाख ४७ हजार ३ सय ९९, सिद्धार्थ पेट प्लास्टको ४ करोड ३५ लाख, विशाल सिमेन्ट उद्योगको ४ करोड २८ लाख महसुल तिर्न बाँकी छ। घराना फुड्सको ४ करोड १८ लाख ६ हजार २ सय १, एभरेस्ट रोलिंगको ३ करोड ५९ लाख, एसआर फुड्स प्रालिको ३ करोड १० लाख २१ हजार रुपैयाँ तिर्न बाँकी छ।
विद्युत् प्राधिकरण भैरहवाका प्रमुख जितेन्द्र झाले महसुल तिर्न अटेर गर्ने उद्योग र सर्वसाधारणको नियमअनुसार लाइन काट्ने, बक्यौता रकम असुलीको लागि कानुनी प्रक्रिया थालिने बताए। ‘महसुल नतिर्ने कसैलाई पनि छुट छैन,’ उनले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button