अर्थ

दुई दर्जन कम्पनीको शेयरमूल्यमा सर्किट

Thrill Factory
Rungta Group

काठमाडौं-साताको पहिलो कारोबार दिन आइतवार कारोबारमा आएका २२५ ओटा कम्पनीमध्ये २४ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ ।

२४ ओटा कम्पनीमध्ये गोर्खाज फाइनान्स,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी र आइसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।

यो दिन गोर्खाज फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ११३,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. ४५१ र आइसी एफसी फाइनान्सको शेयर मूल्य रू. ५८३ पुगेको छ ।

त्यसैगरी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत,मल्टीपर्पस फाइनान्सको ९ दशमलव ९७ प्रतिशत,समृद्धि फाइनान्सको ९ दशमलव ९५ प्रतिशत,महालक्ष्मी विकास बैंकको ९ दशमलव ९३ प्रतिशत, सांग्रिला डेभलपमेण्ट बैंकको ९ दशमलव ९२ प्रतिशत,गुडवील फाइनान्सको ९ दशमलव ९२ प्रतिशत,हिमाल दोलखा हाइड्रोपावरको ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै यो दिन ज्योति विकास बैंकको ९ दशमलव ८९ प्रतिशत,प्रोग्रेशिभ फाइनान्सको ९ दशमलव ८५ प्रतिशत,वेष्ट फाइनान्सको ९ दशमलव ८४ प्रतिशत,कर्णाली डेभलपमेण्ट बैंकको ९ दशमलव ८४ प्रतिशत,सेन्ट्रल फाइनान्सको ९ दशमलव ८२ प्रतिशत,रिलायन्स फाइनान्सको ९ दशमलव ७९ प्रतिशत,जानकी फाइनान्सको ९ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी पोखरा फाइनान्सको ९ दशमलव ७८ प्रतिशत,सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ७८ प्रतिशत,ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ७२ प्रतिशत,खानीखोला हाइड्रोपावरको ९ दशमलव ६५प्रतिशत,नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ६२ प्रतिशत,कामना सेवा विकास बैंकको ९ दशमलव २८ प्रतिशत र सिन्धु विकास बैंकको शेयरमूल्य ९ दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको छ ।

ती २४ ओटै कम्पनीको शेयरमूल्यमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो । यो दिन समग्र बजार अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ४५२,मल्टीपर्पस फाइनान्सको रू. ३८६,समृद्धि फाइनान्सको रू. ४२०,महालक्ष्मी विकास बैंकको रू.४६५,सांग्रिला डेभलपमेण्ट बैंकको रू. ४२१,गुडवील फाइनान्सको रू. ६९८ पुगेको छ ।

त्यसैगरी हिमाल दोलखाको रू. २८८,ज्योति विकास बैकको रू.४८९,प्रोग्रेशिभ फाइनान्सको रू.३६८,वेष्ट फाइनान्सको रू.४०२,कर्णाली डेभलपमेण्ट बैंकको रू.३४६,सेन्ट्रल फाइनान्सको रू.४२५,रिलायन्स फाइनान्सको रू.५१६,जानकी फाइनान्सको रू.४४९,पोखरा फाइनान्सको रू.६५१ पुगेको छ ।

यस्तै यो  दिन सप्तकोशी डेभलपमेण्ट बैंकको रू.३४८, ग्रीन डेभलपमेण्ट बैंकको रू.३५०,खानीखोला हाइड्रोपावरको रू. २८४,नेपाल हाइड्रो डेभलोपरको रू. ४५६,कामना सेवा विकास बैंकको रू. ५७७ र सिन्धु विकास बैंकको शेयरमूल्य रू. ३९९ पुगेको छ । यो दिन अधिकांश फाइनान्स कम्पनी र विकास बैंकहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सोही कारण यो दिन सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक ८ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी विकास बैंक समूहको परिसूचक ८ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button