खबर फटाफटप्रदेश

सवारी दुर्घटनामा व्यवसायीको मृत्यु

Thrill Factory
Rungta Group

विराटनगर-शनिबार राति विराटनगरमा भएको सवारी दुर्घटनामा एक व्यवसायीको मृत्यु भएको छ ।

कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स उद्योगअगाडि सवारी दुर्घटनामा परी   विराटनगरका ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्य विराटनगरको खारजीमा हार्डवेयर व्यवसायमा संलग्न रहँदै आएका थिए ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी नायक उपरीक्षक सुमन तिमल्सिनाका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार राति ११ः४५ बजेतिर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button