खबर फटाफटप्रदेश

बागमती प्रदेशसभा चल्न दिने सहमति, मुख्यमन्त्रीले सम्बोधन गर्ने

Thrill Factory
Rungta Group

हेटौंडा – बागमती प्रदेशको आजको प्रदेशसभा बैठक चल्न दिने सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले संसदलाई विशेष सम्बोधन गर्ने भएपछि बैठक चल्न दिने सहमति भएको हो।

आइतबार बिहान साढे ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री पौडेलले सम्बोधन गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिपक्षी दलसँग भएको वार्तामा मुख्यमन्त्रीले संसदमा सम्बोधन गर्ने भएकाले बैठक सञ्चालन गर्न आग्रह गरेको प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले बताए। उनले आफूहरुले राखेको मागबारे मुख्यमन्त्रीले संसदबाटै समेटेर सम्बोधन गर्ने बताएको जानकारी दिए।

तर‚ मुख्यमन्त्रीको सम्बोधनमा माग नसमेटिए पुनः बैठक अवरुद्ध गर्ने जम्मकट्टेल बताउँछन्। उनले सरकारसँग शुक्रबार र शनिबार भएको वार्तामा प्रतिपक्षीको मागलाई लिएर कुनै सहमति नभएको बताए। शनिबार ३ बजे बस्ने भनिएको संसद बैठक प्रतिपक्षसँग सहमति जट्न नसक्दा स्थगित भएको थियो।

प्रदेश सरकारले असन्तुलित ढंगले बजेट ल्याएको , कमिसनको लोभमा हतारमा विद्युतीय बस खरिद गर्न लागेको, औचित्यहीन सुरुङमार्ग निर्माण गर्न लागेको र आफू नियन्त्रित सञ्चार गृह सञ्चालन गर्न लागेको भन्दै प्रतिपक्षी दलले लगातार संसद बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button