अन्तराष्ट्रियखबर फटाफट

अमेरिकाले लगायो थप १४ ओटा चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्ध

Thrill Factory
Rungta Group

अमेरिका-अमेरिकी सरकारले थप १४ ओटा चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ ।

सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लंघनमा उनीहरूको संलग्नता हुनुको कारण ती कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा राखिएको एनएचके वर्ल्ड ले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै प्रेशित गरेको समाचारमा उल्लेख छ ।

धेरै चिनियाँ कम्पनीहरूले उच्च–प्रबिधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो सूचीको हिस्सा भएका छन् । एनएचके वर्ल्डका अनुसार प्रतिबन्धित यी कम्पनीहरूले चिनियाँ कम्युनिष्ट पार्टी ९सीसीपी० को उइगुर र यस क्षेत्रका अन्य जातीय अल्पसंख्यक समुदायबिरूद्ध सामूहिक हिरासत र उच्च प्रविधिको निगरानीको अभियानलाई सक्षम पारेको आरोप अमेरिकाले लगाएको छ ।

रिपोर्ट अनुसार अमेरिकी वाणिज्य मन्त्री जीना राइमन्डोले अमेरिकी मन्त्रालय सिनच्याङमा मानव अधिकार उल्लङघन गर्ने संस्थालाई लक्षित गर्न कडा र निर्णायक कदम चाल्न प्रतिबद्ध रहेको बताएकि छन्।

बाइडेन प्रशासनले ‘पेचिङको मानव अधिकार उल्लङ्घन’ बिरूद्ध कडा कदम चालेको एनएचकेले बताएको छ । दुई महीना अगाडि अमेरिकाले पाँच ओटा चिनियाँ सौर्य प्यानल कम्पनीहरूलाई सिनच्याङ– उइगुर क्षेत्रमा जबरजस्ती श्रम प्रयोग गरेको आरोप लगाउँदै प्रतिबन्धित सूचीमा जोडेको थियो ।

चिनियाँ सरकारले उक्त आरोपलाई अस्वीकार गर्दै यी प्रतिबन्धहरू झूटा आरोपमा आधारित रहेको बताएको पनि एनएचके वर्ल्ड द्वारा सम्प्रेषित समाचारमा उल्लेख छ । चीनले उइगुर मुसलमानहरूलाई असमान व्यवहार नगरेको दावी गर्दै आएको छ ।

यद्यपि अमेरिकालगायत उसका सहयोगी राष्ट्रहरूले उइगुर मुसलमान समुदायलाई शिविरमा सामूहिक हिरासतमा राखेर उनीहरूको धार्मिक गतिविधिमा हस्तक्षेप गरेको र समुदायका सदस्यहरूलाई दुःख दिएको बताउने गरेका छन् ।

अर्कोतर्फ सीसीपीले सिन्च्यिाङमा उइगुरहरूविरुद्ध मानवअधिकार हननका घटना नभएको कुरामा जोड दिंदै कडा शब्दमा अमेरिकी निर्णयको विरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button