No Image Headlineखबर फटाफटदेश

थप २१६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं – नेपालमा  विगत २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार उक्त अवधिमा ६ हजार ५३० पीसीआर परीक्षण गरिएकोमा १ हजार ३५३ जना र ३ हजार ८८७ एन्टिजेन परीक्षण गरिएकोमा ८१६ जना गरी कुल २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सो अवधिमा २२ जनाको मृत्यु भएको छ ।  योसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ । यसैगरी १ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ । मन्त्रालयका अनुसार हाल कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ  भने हाल  २३ हजार ५३९ जना होम आईसोलेशनमा र २ हजार ९५० जना संस्थागत आईसोलेशनमा रहेका छन् ।

त्यसैगरी सो अवधिमा काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित भेटिएका छन् । जसअन्तर्गत काठमाडौं जिल्लामा ३०३ जना, ललितपुर जिल्लामा ६० जना र भक्तपुर जिल्लामा ४१ जना संक्रमित भेटिएका छन् ।

हाल काठमाडौंसहित मुलुकभर ५४३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । तीमध्ये काठमाडौंमा १५७ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button