अर्थखबर फटाफट

विश्व बैंकद्वारा नेपाललाई थप १२ अर्ब ऋण सहायता

Thrill Factory
Rungta Group

काठमाडौं -विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् करीव १२ अर्ब रुपैयाँ ऋण सहायता दिने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रवार बसेको बैठकले नेपालको विद्यालयक्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/ ५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।

नेपाल, श्रीलंका र माल्दिम्भसका लागि उक्त बैंकका निर्देशक फारिस हदद जर्भोसले विद्यालय क्षेत्रको सुदृढीकरणमा उक्त सहायता महत्वपूर्ण हुने बताएका छन् ।

स्वास्थ्य क्षेत्रमा आएको सहायताले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा उक्त सहयोग पुग्ने अपेक्षा रहेको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने विश्व बैंकले बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button