अर्थखबर फटाफटदेश

उद्योगी अशोककुमार वैद अन्तरदेशीय सम्बन्ध विस्तार समितिको संयोजक

वीरगञ्ज–वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अन्तरदेशीय सम्बन्ध विस्तार समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार बैधलाई मनोनयन गरेको छ ।
समिति विस्तार कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको सम्बन्ध विस्तार गर्ने उद्देश्यले गठित यस समिति आउँदा दिनमा सङ्घको छविलाई उज्ज्वल बनाउनेतर्फ आफ्नो भूमिका केन्द्रित राख्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
अन्तरदेशीय सम्बन्ध विस्तार समितिका संयोजक बैधले सङ्घको छविलाई निखार्न आफ्नोतर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button