अन्तराष्ट्रिय

भारतमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९७.१९ % पुग्यो

Thrill Factory
Rungta Group

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित भएका मध्ये ९७ दशमलव १९ प्रतिशत संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना संक्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी कुल संक्रमित मध्ये १ दशमलव ४९ प्रतिशत मात्रै अहिले पनि संक्रमित अवस्थामा रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ५८ हजार ७२७ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

पछिल्लो एक दिनमा पनि नयाँ संक्रमित हुनेभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गइरहेको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४३ हजार ३९३ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा अरु ४४ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको शुक्रवार बिहान जानकारी दिएको छ । यो सँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या चार लाख पाँच हजार ९३९ रहेको छ ।

देशव्यापी खोप अभियान सञ्चालन भइरहेको भारतमा अहिलेसम्म ३६ दशमलव ८९ करोड मानिसलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । त्यसैगरी बिहीवारसम्म भारतमा कुल ४२ करोड ७० लाख १६ हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख ९० हजार ७०८ जनाको स्वाब भने पछिल्लो एक दिनमा परीक्षण भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button