No Image Headlineखबर फटाफटदेश

आइपुग्यो ८ लाख डोज चिनियाँ खोप, ५५ देखि ६० वर्ष उमेर समूहलाई लगाइने

Birgunj Metropolitan Notice

काठमाडौं- चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आठ लाख डोज काठमाडौं आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको बेइजिङबाट खोप शुक्रबार बिहान काठमाडौं ल्याएको हो।

नेपालले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीद गरेको हो। त्यसमध्ये पहिलो पटकमा निगमको जहाजले आठ लाख डोज खोप ल्याएको हो। त्यस्तै, फेरि दोस्रो पटक असार ३१ गते र तेस्रो पटकमा खोप ल्याउन निगमको जहाज साउन ७ मा चीन जाने कार्यतालिका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ल्याइएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने जनाएको छ। भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने र त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहकालाई लगाउने योजना स्वास्थ्य मन्त्रालयको छ ।

यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार डोज खोप आएको थियो भने नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आइसकेको मन्त्रालयको तथ्याङक छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button