अन्तराष्ट्रिय

मेरो देशको अर्को पुस्तालाई अफ्गानिस्तानमा लड्न पठाउँदिन : बाइडेन

Thrill Factory
Rungta Group

काबुल- अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताएका छन् । बिहीबार राष्ट्रपति बाइडेनले अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरू अफगानिस्तानबाट फिर्ता भइसक्ने पनि जानकारी दिए । यसअघि उनले अमेरिकी सैनिकहरु सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने योजना सुनाएका थिए ।

बाइडेनले अहिलेका लागि अफगानिस्तानबाट जतिसक्यो छिटो फर्किनु नै राम्रो हुने बताए । अहिलेसम्म अफगानिस्तानमा रहेका ९० प्रतिशत अमेरिकी सैनिक फर्किइसकेका छन् । अघिल्लो साता काबुलको उत्तरमा रहेको बगराम एयरबेस अमेरिकी सैनिकले अफगान समकक्षीलाई जानकारी नै नदिई राति नै छोडिदिएका थिए ।

‘म अमेरिकाको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न पठाउँदिनँ,’ बाइडेनलले भनेका छन्,‘ हामी अफगानिस्तानमा राष्ट्र निर्माणका लागि गएका थिएनौं र, अब आफ्नो देश कसरी चलाउने भन्ने एक्लै निर्णय गर्ने अफगान जनताको अधिकार र जिम्मेवारी हो ।’

बाइडेनले अफगानिस्तानमा ज्यान गुमाउने र घाइते भएर स्वदेश फर्किने सैनिकहरूको प्रशंसा गरे । सन् २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमा आक्रमण भएपछि अमेरिकाले सोही वर्ष अफगानिस्तानमा सेना पठाएको थियो ।

२० वर्षमा २ हजार ४ सय ४८ जना अमेरिकी सैनिकले अफगानिस्तानमा ज्यान गुमाएका छन् भने २० हजार ७ सय २२ जना घाइते भएका छन् ।

मुस्लिम कट्टरपन्थी समूह तालिवानलाई पराजित नगरिकनै अमेरिकी र नाटो सैनिक फर्किन लागेपछि भूपरिवेष्ठित मुलुक अफगानिस्तानको भविष्य अन्यौलमा परेको छ । कतिपय विश्लेषकहरूले अब अफगानिस्तानमा गृहयुद्ध हुने चेतावनी दिएका छन् ।

अहिले विद्रोही तालिवान समूहले देशका झन्डै एक तिहाइ जिल्ला नियन्त्रणमा लिइसकेको छ । विदेशी फौजले अफगानिस्तान छोडेसँगै तालिवानहरूले आफ्नो भूभाग बढाइरहेका छन् भने शहरतिर अघि बढिरहेका छन् । पछिल्लो समय अफगान सुरक्षाकर्मीले तालिवानसामू आत्मसमर्पण गरिरहेका छन् भने केही भागेर छिमेकी ताजकिस्तान पुगेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button