अर्थदेशमुख्य खबर

बाढीका कारण भाँसिएको सिराहा-धनुषा कमला पुल निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने

हस्तान्तरणको ५ वर्षसम्म मर्मतको जिम्मा निर्माण कम्पनीकै

Thrill Factory
Rungta Group

काठमाडौं- बाढीले भासिएको धनुषा र सिराहाको सीमानामा बनिरहेको कमला नदीमाथिको पुलमा निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने भएको छ ।
भर्खरै निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको हुलाकी राजमार्ग अन्तर्गत कमला पुलको केही दिनअघि आएको बाढीका कारण भाँसिएको हो । सिरहाको बसपिट्टा घाटस्थित सो पुल पप्पु-लुम्बिनी बिल्डर्स जेभीलाई जिम्मा दिएर निर्माण भइरहेको थियो ।

भाँसिएको भाग ठेकदार कम्पनीले आफ्नै खर्चमा बनाउने पत्र हुलाकी सडक निर्देशनालय अन्तर्गतको योजना कार्यालय जनकपुरलाई समेत पठाइसकेको निर्माण कम्पनीले बताएको छ । भासिएको खण्डको बीमा गरिएको कम्पनीले बताएको छ ।

यो पुलको ५ वर्षसम्म कुनै समस्या भएमा ठेकदार कम्पनीले नै बेहोर्नुपर्ने शर्त भएकाले यसबाट सरकारलाई नोकसानी नहुने सडक विभागका अधिकारीहरुको भनाइ छ ।

हुलाकी सकड निर्देशनालय योजना कार्यालय जनकपुरमा प्रमुख कृष्णकुमार महतोका अनुसार पुल हस्तान्तरण भइुसकेपछि पनि ५ वर्षसम्म कुनै प्रकारको क्षति भएमा मर्मतको जिम्मा निर्माण कम्पनीकै हुन्छ ।

पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भाँसिएको छ । अविरल वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिव १ मिटर बढी पानीको सतह बढेको सडक विभागका प्राविधिकहरुले बताएका छन् ।

सञ्चालन नुहँदै पुलको पिलर भासिएको हो । पुल यही असारभित्र निर्माण गरिसक्नु पर्ने थियो । बाढी कारण पानीको सतह बढ्दा पुल भाँसिएको विज्ञहरुको भनाइ छ ।

पप्पु र लुम्बिनी विल्डर्सले ठेक्का पाएको पुलको निर्माणको काम लुम्बिनी गरिरहेको छ । ४ सय ७० मिटर लामो पुल निर्माणको जिम्मा गत २०६८ सालमा दिइएको थियो ।

११ मिटर चौडाई रहेको कमला पुल १२ एस्पानको छ । नदीको दुबैतीर तटबन्ध बनाएर बहाब पुलभित्र छिराएको छ । कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौं मानिस प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button