
वीरगञ्ज, २१ असार । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित जय माता दी ट्रेडर्सलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले ५० हजार रुपैँया जरिवाना तिराएको छ ।
उपभोक्ताको उजुरीको आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनीधिसहितको अनुगमन टोलीले ट्रेर्डसलाई जरिवाना गरेको हो ।


कवाडी सामान खरिद बिक्रीको इजाजत लिई हार्डवेयरका सामान, जस्ता पाता एवम् अन्य सामाग्री विक्री वितरण गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को ‘ट’ बमोजिम जरिवाना तिराइएको कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए । जरिवानाको रकम एक साताभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको खत्वेले बताए ।