No Image Headlineखबर फटाफटदेश

थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं -विगत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट  २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी  सो अवधिमा ११ हजार ५२७ आटा गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७ हजार ४९९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७४५ जना र  ४ हजार २८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार  सो अवधिमा २ हजार २११ जना कोरोना संक्रमणमुक्त भएका छन्। सो अवधिमा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ९ हजार २४८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा  कोरोनाबाट निको हुने दर ९४ दशमलव ६ प्रतिशत  रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button