यस्तो पनि

१ हजार १ करोड भारुमा बंग्ला किनेर चर्चामा आएका व्यापारी

Thrill Factory
Rungta Group

नयाँदिल्ली । मानिसको शोख अनेक प्रकारका हुन्छन् । कसैको सोच र शोख फरक – फरक हुनु स्वभाविक पनि हो ।

हो, यस्तै खालका सोच र शोखका कारण भारतको एक जना व्यापारी यतिखेर चर्चामा आएका छन् । सामान्यतया एउटा बंग्ला( महल) को मूल्य कति पर्न सक्छ ? मानौं, महंगो  बंग्लाको मूल्य ५० करोड, १०० करोड या ५०० करोड……  इत्यादि ।

तर तपाई यो मूल्य सुनेर चकित पनि हुन सक्नु हुन्छ । भारतकै सवैभन्दा बढी मूल्यको बंग्ला हालैमात्र १ हजार १ करोड भारुमा विक्री भएको छ । उक्त बंग्लाको डी- मार्टका संस्थापक राधाकिसन दमानी तथा उनको भाई गोपिकिशन दमानीले संयुक्तरुपमा खरीद गरेका छन् ।

उक्त बंग्ला दक्षिण मुम्बईको मालाबार हिल्समा रहेको छ । इकोनोमिक्स टाइम्सका अनुसार उक्त बंग्लाको अहिलेको ताजा बजार मूल्यलाई आधार मान्ने हो भने ७२४ करोड भारु मात्र पर्दछ ।

खबर अनुसार विशेष किसिमको सुविधा भएको उक्त बंग्ला दुई तले रहेको छ भने क्षेत्रफल १ दशमलव ५ हेक्टर रहेको छ । भवन भने करीब ६० हजार वर्गफिटमा बनेको छ । उक्त बंग्ला खरीद गर्ने बारे यो हप्ता सम्झौता भएको थियो र हालसम्म ३० करोड भारु भुक्तानीसमेत भइसकेको छ । उनीहरुले विगत दुई महीनाको  अवधिमा यो तेस्रो  ठूलो बंग्ला खरीद गरेका हुन् ।

राधाकिशन दमानीले यो बंग्ला १ हजार १ करोडमा खरीद गरेर पूनावाला ग्रुपका अध्यक्ष सायरस पूनावालालाई पछाडि पारेका छन् । पूनावालाले ब्रीच क्यान्डीमा रहेको अमेरिकी कन्सुलेटको लिंकन हाउस भने ७५० करोड भारुमा खरीद गरेका थिए । यसैगरी सन् २०१४ मा गोदरेज परिवार ३७२ करोडमा बंग्ला खरीद गरी चर्चामा आएको थियो ।

स्मरण रहोस, राधाकिसन दमानी भारतीय पूँजीबजारमा सन् १९८० को दशकमा प्रवेश गरेका थिए । उनको कम्पनी डीमार्टले सन् २०१७ मा आईपीओ जारी गरेको थियो । हारुन इन्डियाका अनुसार, दमानीको कुल नेटवर्थ सन् २०२० सम्ममा १५ अर्ब अमेरिकी डलर रहेको छ । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button