अन्तराष्ट्रिय

भारतमा दैनिक कोरोना संक्रमितको संख्या २.३४% मा झर्‍यो

Thrill Factory
Rungta Group

नयाँ दिल्ली । भारतमा पछिल्लो पटक कोरोना भाइरसका दैनिक संक्रमितको संख्या २ दशमलव ३४ प्रतिशत रहेको पाइएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना संक्रमित थपिएका छन् ।

‘लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम संक्रमित भएको यो आठौँ पटक हो’ मन्त्रालयका एक अधिकारीले भने ।

भारतमा अहिले संक्रमणमुक्त भएकाहरुको संख्या ९७ दशमलव शून्य ९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको पाइएको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने चार लाख ८५ हजार ३५० रहेको छ ।

पछिल्लो एक हप्तामा भारतमा थप नयाँ संक्रमितहरुको संख्या २ दशमलव ४४ प्रतिशत रहेको छ, भने दैनिक संक्रमितहरुको संख्या २ दशमलव ३४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा हालसम्म कुल संक्रमितहरुको संख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button