खबर फटाफटप्रदेश

लुम्बिनी सरकार अल्पमतमा,विपक्षीले मागे मुख्यमन्त्रीको राजीनामा

बुटवल-लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो ।

लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् ।

सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।

सरकारले बहुमत गुमाएसँगै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् । ‘सरकारका एक जना मन्त्रीको राजीनामासँगै मुख्यमन्त्रीले बहुमत गुमाइसक्नुभयो,’ नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले भने, ‘मुख्यमन्त्रीज्यू आफैंले बहुमत गुमेको एक मिनेट पनि सत्तामा रहन्न भन्नुभएको थियो, अब के गर्नुहुन्छ हामी हेर्छौं ।’

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button