No Image Headlineदेश

एक हजार ३९१ सङ्क्रमण पुष्टि, तीन हजार ४५१ जना निको

Thrill Factory
Rungta Group

काठमाडौं-पछिल्लो २४ घण्टामा थप एक हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चारहजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार १७९ जनाको मृत्यु भैसकेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ४५१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button