अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो, ३४ करोड ७६ हजारले लगाए खोप

Thrill Factory
Rungta Group

काठमाडौं-भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या चार लाख तीन सय १२ पुगेको छ । निको हुने दर ९७.०१ प्रतिशत पुगेको छ । भारतमा हाल सक्रिय सङ्क्रमित पाँच लाख नौ हजार ६३७ जना छन् ।

गएको चौबीस घण्टामा ४६ हजार ६१७ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा प्रति एक सय जनामा २.४८ जना सङ्क्रमित पुष्टि भएका छन् । गएको चौबीस घण्टामा १८ लाख ८० हजार २६ नमूना परीक्षण गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार लगातार पाँचौं दिन पचास हजारभन्दा कम सङ्क्रमित पुष्टि भएको हो । नयाँ पुष्टि भएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड चार लाख ५८ हजार २५१ पुगेको छ । गएको चौबीस घण्टामा ८५३ सङ्क्रमितको मृत्यु भएको छ ।

गएको चौबीस घण्टामा ५९ हजार ३८४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई करोड ९५ लाख ४८ हजार ३०२ जना निको भएका छन् । भारतमा हालसम्म ३४ करोड ७६ हजार २३२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button