अन्तराष्ट्रिय

कोभिड–१९ पहिचान गर्न फेशियल स्क्यानर प्रयोग गर्दै आबु धाबी

Thrill Factory
Rungta Group

आबु धाबी (संयुक्त अरब इमिरेट्स) । आबु धाबीले कोरोना भाइरसको पहिचान गर्न फेशियल स्क्यानरको प्रयोग गर्ने भएको छ ।

यसलाई शपिङ मल, केही आवासीय क्षेत्र र भू तथा हवाई प्रवेश विन्दु सबैमा प्रयोग गरिनेछ । फेशियल स्क्यानरले कोभिड– १९ को संक्रमण प्रसारलाई सीमित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आबु धाबी आपतकाल, संकट तथा विपद् समितिले एक विज्ञप्तिमा बताएको हो ।

यसलाई शृङ्खलाबद्ध रोकथाम प्रक्रिया अन्तर्गत सुरक्षित क्षेत्रहरुमा जडान गरिने पनि विज्ञप्तिमा भनिएको छ । स्क्यानर ईडीई रिसर्च इन्ष्टिच्यूट आबु धाबीले अन्तरराष्ट्रिय होल्डिङ कम्पनीअन्तर्गत गरेको हो ।

यसले इलेक्ट्रोम्याग्नेटिक वेब मापन गरेर कोरोनाको संक्रमण पहिचान गर्न सक्छ । भाइरसको आरएनए पार्टिकल कुनै व्यक्तिको शरीरमा रहँदा यी वेबहरु परिवर्तित हुन्छन् ।

त्यसैले यसले तत्कालै नतिजा दिन्छ । स्क्यानरले कोरोनाको संक्रमण भएको भनेर पहिचान गरेको व्यक्तिलाई प्रवेशको अनुमति दिइने छैन ।
उनीहरुले अनुमति दिइएको प्रोटोकल पछयाएर २४ घन्टा भित्र पीसीआर परीक्षण गर्नु पर्नेछ ।  स्वास्थ्य मन्त्रालयले परीक्षण प्रयोग विविध स्थानमा गरेको थियो ।

यस क्रममा २० हजारभन्दा धेरै मानिसको परीक्षण गर्दा नतिजाले ९३ दशमलव ५ प्रतिशत संवेदनशील पाइएको थियो । परीक्षणको शुद्धता पनि ८४ प्रतिशत रहेको थियो । ईडीई स्क्यानरलाई पीसीआर र डीपीआई जस्ता परीक्षण पद्दतिसँगसँगै प्रयोग गरिने बताइएको छ । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button